Need Help ?
Call: +977- 029420105
  • भोजपुर जिल्लाका महत्वपूर्ण स्थानहरु

  • भोजपुर जिल्लाको सदरमुकाम स्थित बजार

  • जिल्ला शिक्षा कार्यालय भोजपुरको भवन

जिल्ला शिक्षा अधिकारी

डम्बरध्वज आङदेम्बे
(जिशिअ)

शिक्षा सबैको सरोकार र चासोको बिषय हो । स‌स्कृतमा भनिएको छ ' तमसोमा ज्योतिर्गमय ' अर्थात अन्धकारवाट उज्यालोतिर जानको लागि शिक्षाले महत्वपूर्ण योगदान गर्दछ । मुलुकको समग्र शैक्षिक इति

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय भोजपुरमा !!!

नेपाल राज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तरगत मध्यपहाडी भू-भागमा अवस्थित भोजपुर जिल्ला ऐतिहासिक, सामाजिक साँस्कृतिक, धार्मिक, शैक्षिक आदि दृष्टिले विविधता एवं महत्वपुर्ण रहेको छ । होचो पहाडी भू-भाग देखि उच्च पहाडी भू-भागसम्म उत्तर-दक्षिण आकृतिमा लाम्चो आकारमा रहेको यो जिल्ला प्राकृतिक रुपले विविधतापुर्ण रुपमा सजिएको रमणीय क्षेत्रको रुपमा रहेको पाइन्छ ।

जिल्ला सदरमुकाम भोजपुरबाटै नामाङ्कित भोजपुर जिल्ला पुर्वाञ्चल विकास क्षेत्र अन्तरगत कोशी अञ्चलको उत्तर पश्चिममा अवस्थित छ । नेपाल एकीकरणका सिलसिलामा पुर्वी पहाडी जिल्लाहरुमा विजय हासिल भएपछि भोज खाएको हुनाले सिद्धपुरबाट नयाँ नाम भोजपुर रहन गएको किम्वदन्ती पाइन्छ । त्यसैगरी जिल्लाका उच्च पहाडी क्षेत्रको जंङ्गलमा भोजपत्रका बृक्षहरु पाइने हुनाले यसलाई भोजपुर भन्ने गरेको लोकोक्ति पनि छ ।

दिंला जस्तो ऐतिहासिक शिक्षा केन्द्र तथा टक्सार जस्तो पुरानो धातु उद्योग स्थलबाट प्रख्यात यो जिल्ला खुकुरी र करुवाका लागि समेत प्रसिद्ध छ । बालागुरु षडानन्दद्वारा वि. स. १९३२ मा ह

थप हेर्नुहोस