जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय भोजपुरमा !!!
नेपाल राज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तरगत मध्यपहाडी भू-भागमा अवस्थित भोजपुर जिल्ला ऐतिहासिक, सामाजिक साँस्कृतिक, धार्मिक, शैक्षिक आदि दृष्टिले विविधता एवं महत्वपुर्ण रहेको छ । होचो पहाडी भू-भाग देखि उच्च पहाडी भू-भागसम्म उत्तर-दक्षिण आकृतिमा लाम्चो आकारमा रहेको यो जिल्ला प्राकृतिक रुपले विविधतापुर्ण रुपमा सजिएको रमणीय क्षेत्रको रुपमा रहेको पाइन्छ ।
जिल्ला सदरमुकाम भोजपुरबाटै नामाङ्कित भोजपुर जिल्ला पुर्वाञ्चल विकास क्षेत्र अन्तरगत कोशी अञ्चलको उत्तर पश्चिममा अवस्थित छ । नेपाल एकीकरणका सिलसिलामा पुर्वी पहाडी जिल्लाहरुमा विजय हासिल भएपछि भोज खाएको हुनाले सिद्धपुरबाट नयाँ नाम भोजपुर रहन गएको किम्वदन्ती पाइन्छ । त्यसैगरी जिल्लाका उच्च पहाडी क्षेत्रको जंङ्गलमा भोजपत्रका बृक्षहरु पाइने हुनाले यसलाई भोजपुर भन्ने गरेको लोकोक्ति पनि छ ।
दिंला जस्तो ऐतिहासिक शिक्षा केन्द्र तथा टक्सार जस्तो पुरानो धातु उद्योग स्थलबाट प्रख्यात यो जिल्ला खुकुरी र करुवाका लागि समेत प्रसिद्ध छ । बालागुरु षडानन्दद्वारा वि. स. १९३२ मा हालको षडानन्द मा. वि. को स्थापना गरेपछि भोजपुरको दिंला क्षेत्र मात्र नभएर पुर्वी नेपालकै लागि बालागुरु षडानन्द शैक्षिक जागरणमा प्रेरणाका स्रोत बनेका छन् । त्यस्तै भानुभक्त पुर्व नै उदयानन्द अर्याल (१८१५-१८४९) र सन्त ज्ञानदिल दास जस्ता पुराना साहित्य सेवीहरुद्वारा भाषा र साहित्य श्रीवृद्धिको कर्मथलो बनाइएका कारणहरुबाट पनि भोजपुर नेपालको उल्लेखनीय जिल्ला मानिन्छ ।
परिपत्र तथा सूचना
- भोजपुर जिल्लाका सामुदायिक विद्यालयहरुका ठेगाना र बैंक खाता नम्बरहरु
- 2073-10-07|| २०७३ काे कक्षा ८ काे परीक्षा कार्यतालिका सम्बन्धमा ।
- 2073-10-4 || विस्थापित शिक्षकहरू सम्बन्धि सुचना ।
- 2073-9-24||शिक्षकको बरिष्ठता सम्बन्धमा
- 2073-04-16=> स्थायी अावासीय अनुमति तथा विद्यालयकाे नाम पिरवर्तन सम्बन्धमा । थप हेर्नुहोस