Need Help ?
Call: +977- 029420105

जि. शि. अ.

सीताराम श्रेष्ठ

शिक्षा सबैको सरोकार र चासोको बिषय हो । स‌स्कृतमा भनिएको छ ' तमसोमा ज्योतिर्गमय ' अर्थात अन्धकारवाट उज्यालोतिर जानको लागि शिक्षाले महत्वपूर्ण योगदान गर्दछ । मुलुकको समग्र शैक्षिक इतिहासलाई हेर्ने हो भने शिक्षा तथा ज्ञानको लागि भोजपुर जिल्लाले समग्र मूलुकलाई पुर्याएको योगदान अतुलनिय नै छ । साक्षरताको हिसाबमा हेर्दा पनि राष्ट्रिय जनगणना २०६८ मा मूलुकको औषत साक्षरता भन्दा धेरै माथिको साक्षरताको दर यस जिल्लामा रहेको छ । तर पनि समग्र राष्ट्रको झै यस जिल्लाको शैक्षिक गुणस्तरमा भने अझै पनि सन्तोष गर्न सक्ने ठाँउ छैन् । जिल्लाका कुना कुनामा स्थापना भएका सामूदायिक विद्यालयहरु तथा तिनमा अध्यापन गराउने शिक्षकहरु यही चुनौतीसँग जुधिरहेको अवस्था छ । भौतिक पुर्वधारको तथा आवश्यक जनशक्तिको अभाव जस्ता समस्या हुँदाहुँदै पनि भईरहेको स्रोत र साधनको अधिकतम प्रयोग गरि निश्चित कार्य योजनाको साथ अघि बढ्नु बाहेक हाम्रो अर्को विकल्प छैन् ।

माथि भनिए झै शिक्षा सबैको चासो र सरोकारको बिषय भएको र उत्पादित जनशक्तिलाई समग्र राष्ट्र एवम् अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरि अगाडी बढ्न सक्ने बनाउनका लागि शिक्षा कार्यालय भोजपुरको एक्लो प्रयास किमार्थ पनि सफल हुन सक्दैन् । तसर्थ समग्र शैक्षिक गुणस्तर सूधार गर्न राज्यले लिएको नीति तथा कार्यक्रमहरुलाई अगाडी लैजान समग्र राजनैतिक दल, नागरिक समाज, बुध्दिजिवी, शिक्षाप्रेमी, पत्रकार एवम् सरोकारवालहरुको सक्रिय सहयोग र सद्भावको रचनात्मक अपेक्षा यस कार्यालयले राखेको छ ।

अन्त्यमा अचेतनको कारण अज्ञानता, अज्ञानताको कारण अशिक्षा, अशिक्षाको मूल मर्मलाई ध्यानमा राखि यस जिल्लको शैक्षिक गुणस्तर वृध्दिका लागि सबैले होस्टेमा हैँस्सै गर्दै अगाडी बढ्न सबैमा हार्दिक अपिल गर्दछु ।